विश्व शक्ति संघर्षले नयाँ युद्धको खतरा बढायो : मोहनविक्रम सिंह
अखिल नेपाल बुद्धिजीवी सङ्घद्वारा काठमाडौंमा आयोजित ‘वर्तमान विश्वमा युद्ध र शान्तिका समस्याहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले प्रस्तुत गरेको अवधारणापत्र सार्वजनिक गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि तथा अन्तर्राष्ट्रिय सहभागीहरूलाई स्वागत गर्दै अवधारणापत्रमा वर्तमान विश्व परिस्थितिलाई अत्यन्त तनावपूर्ण र द्वन्द्वग्रस्त भएको उल्लेख गरिएको छ ।
