SHARE
पर्दाफास · बिहीबार १८ असार २०८३ ०२:४५ PM · 1 मिनेट पढाइ

मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघले दियो पाँच सुझाव

आगामी आर्थिक वर्ष २०८३÷८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंकसमक्ष पाँच बुँदे सुझाव पेस गरेको छ । नेपालको पूँजीबजारलाई थप प्रतिस्पर्धी, गहिरो, तरल तथा लगानीमैत्री बनाउने उद्देश्यले संघले विभिन्न नीतिगत सुधारका प्रस्ताव अघि सारेको हो ।