SHARE
पर्दाफास · बिहीबार १८ असार २०८३ ०३:०२ PM · 1 मिनेट पढाइ

असई थमन विकको हत्या प्रकरण : एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

उच्च अदालत जनकपुरले सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा दोषी ठहर गरेपछि नेकपा एमालेका नेता एवं पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। बिहीबार साँझ करिब ६ बजे गौशाला नगरपालिका वडा नम्बर ५ स्थित पार्टी कार्यालय अगाडिबाट उनलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले जानकारी दिए।