SHARE
अन्नपूर्ण · बिहीबार १८ असार २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

गोरखामा भेटियो गोरखा दरबारभन्दा पुरानो मल्लकालीन मन्दिरको भग्नावशेष

गोरखा : गोरखामा गोरखा दरबारभन्दा पुरानो(मल्लकालीन) मन्दिर फेला परेको छ। गोरखा नगरपालिका-१० छेपेटारमा पुरातत्व विभागले दुईवर्ष अघि र यो वर्ष गरेको उत्खननबाट त्यहाँ भेटिएको भग्नावशेष मल्लकालीन महादेव मन्दिरको पुष्टि भएको हो। भग्नावशेषमा भेटिएका तथ्य र प्रमाणका आधारमा सो मन्दिर मल्लकालको अन्तिमतिरको भनेर पुष्टि भएको पुरातत्वविद यमुना महर्जनले जानकारी दिइन्।