पूर्व सांसद लक्ष्मी महतो कोइरी पक्राउ
बर्दिबास : महोत्तरी प्रहरीले पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गरेको छ। ड्युटीमा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या प्रकरणमा उच्च अदालतको फैसलाअनुसार कैद सजाय ठहर भएपछि उनलाई पक्राउ गरिएको हो।जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मिति २०८३ असार १८ गते साँझ करिब ६ बजे जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गौशाला नगरपालिका-५ स्थित एमाले पार्टी कार्यालय अगाडिको सार्वजनिक स्थानबाट गौशाला नगरपालिका-२ निगौल निवासी पूर्व सांसद कोइरीलाई पक्राउ गरेको हो।
