SHARE
पर्दाफास · बिहीबार १८ असार २०८३ ०१:२४ PM · 1 मिनेट पढाइ

बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान, क्रमशः देशभर विस्तार गरिने

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रलयले आजदेखि बर्दियाबाट जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण अभियान सुरु गरेको छ । बर्दियाको बढैयाताल गाउँपालिका-४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुमवासी परिवारलाई लालपुर्जा उपलब्ध गराइएको हो ।