SHARE
पर्दाफास · बिहीबार १८ असार २०८३ ०१:४१ PM · 1 मिनेट पढाइ

अखिल (क्रान्तिकारी) ले भन्यो- सरकार हिटलरको शैलीमा हिँड्यो, धेरै टिक्नेवाला छैन

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा आबद्ध विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले वर्तमान सरकार फाँसीवादतिर लम्किरहेको आरोप लगाएको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उक्त संगठनका अध्यक्ष विजयप्रकाश शर्मा सापकोटाले सरकार फाँसीवादतर्फ अघि बढेको जिकिर गरेका हुन् । हिटलरको शैलीमा सरकार हिँडेकाले यसको भविष्य समेत नभएको अध्यक्ष सापकोटाको भनाई थियो ।