कोशीको बजेटले सत्ता गठबन्धनलाई संकट, प्रदेशसभा बैठक तेस्रो पटक स्थगित
विराटनगर : कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि प्रस्तुत गरेको बजेटले सत्तारुढ गठबन्धनलाई गम्भीर राजनीतिक विवाद एवं संकट निम्त्याएको छ। बजेटमा देखिएको असन्तुलन, मन्त्री तथा सीमित निर्वाचन क्षेत्र केन्द्रित विनियोजन र मन्त्रालयहरूले सिफारिस गरेका योजना हटाइएको विवादका कारण सत्ता पक्षभित्रै चर्किएको असन्तुष्टि समाधान हुन नसक्दा प्रदेशसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। बिहीबार बस्ने तय भएको प्रदेशसभा बैठक अन्तिम समयमा स्थगित गरी शुक्रबारका लागि सारिएको हो।
