SHARE
अन्नपूर्ण · बिहीबार १८ असार २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

अध्यागमन विभागले कार्यान्वयनमा ल्यायो डिजिटल अपोइन्टमेण्ट व्यवस्थापन प्रणाली, साउनदेखि नयाँ व्यवस्था

काठमाडौं : अध्यागमन विभागले डिजिटल अपोइन्टमेण्ट व्यवस्थापन प्रणाली विकास गरी कार्यान्वयनमा ल्याएको छ। प्रचलित अध्यागमन कानुन बमोजिम भौतिक रूपमै उपस्थित भई भिसाको म्याद थप तथा भिसा रूपान्तरण जस्ता सेवामा सन्तुलन कायम गर्नका लागि प्रणाली कार्यान्वयनमा ल्याएको हो।यसअघि विभागमा आवेदन गर्ने सेवाग्राहीको कुनै दिन अत्यधिक भिडभाड हुने र कुनै दिन अत्यन्तै न्यून उपस्थिति हुने गरेको थियो।