SHARE
पर्दाफास · बिहीबार १८ असार २०८३ ११:५१ AM · 1 मिनेट पढाइ

कर्णाली नदीमा बेपत्ता गाडी र यात्रुको खोजीको लागि सशस्त्रको गोताखोर परिचालन

दैलेख को चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा गाडी दुर्घटना भई बेपत्ता गाडी तथा यात्रुको खोजीकार्यको लागि सशस्त्र प्रहरी बलको गोताखोर परिचालन भएको छ । सशस्त्र प्रहरी बल, नेपाल न. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट आज दिउँसो करीव १ः३५ बजे ६ जना गोताखोर सहितको थप टोली परिचालन गरिएको हो।