SHARE
पर्दाफास · बिहीबार १८ असार २०८३ १०:५१ AM · 1 मिनेट पढाइ

गोरखापत्र संस्थानको महाप्रबन्धकमा रावल नियुक्त

गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मतबहादुर रावल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले रावललाई महाप्रबन्धक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पाेखरेलले जानकारी दिए । रावल २ दशकदेखि पत्रकारितामा सक्रिय छन् ।