प्रतिनिधिसभाबाट सम्पति शुद्धीकरण संशोधन विधेयक पारित
काठमाडौं : ‘सम्पति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भनी प्रस्ताव गरेको थियो । बैठकले उक्त प्रस्तावलाई बहुमतले पारित गरेको हो ।त्यसअघि बैठकमा उक्त विधेयकमाथि प्राप्त संशोधनहरुमाथि छलफल भइ निणयार्थ प्रस्तुत गरिएको थियो ।
