विष्णु पौडेलमाथि अनुसन्धान गर्न ६ दिन म्याद थप
काठमाडौं : विशेष अदालत काठमाडौंले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलमाथि अनुसन्धान गर्न थप ६ दिनको म्याद दिएको छ। न्यायाधीश हेमन्त रावल,डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासबाट म्याद थप भएको हो।सम्पत्ति शुद्धीकरण कसूरमा पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए। पौडेल हाल सानेपास्थित प्रहरी हिरासतमा छन्। यसअघि दिएको म्याद सकिएपछि आज विशेष अदालतले अनुसन्धान गर्न प्रहरीलाई थप म्याद दिएको हो।सोमबार तीन दिन र यसअघि अदालतले सात दिनको म्याद दिएको थियो।
