SHARE
अन्नपूर्ण · बिहीबार १८ असार २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

सार्वजनिक खरिद संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं : प्रतिनिधिसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३  पारित भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानूनमन्त्री गौतमले गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेको थियो । बैठकले उक्त प्रस्ताव बहुमतले पारित गरेको हो ।त्यसअघि बैठकमा विधेयकमाथि परेका संशोधनमाथि छलफल भइ निर्णयार्थ प्रस्तुत गरिएको थियो ।