SHARE
अन्नपूर्ण · बिहीबार १८ असार २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

मिटरब्याज विवादमा मुछिए पूर्व वडाध्यक्ष, अनुसन्धानबाट जोगिन फरार

विराटनगर : मोरङको लेटाङ नगरपालिकाका पूर्व वडाध्यक्ष रामकुमार श्रेष्ठ अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विवादमा मुछिएका छन् । उनीविरुद्ध मिटरब्याजको उजुरी परेको छ । उजुरी परेको सुइँको पाउन साथ उनी प्रहरीको सम्पर्क बाहिर रहेका छन् । उजुरीका आधारमा प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाउने तयारी गरिरहेका बेला फरार भएपछि प्रहरीले रामकुमारको खोजी गरिरहेको छ । उनी लेटाङ नगरपालिका–४ का तत्कालीन वडाध्यक्ष हुन् । उनीविरुद्ध ‘हेलो सरकार’ मा अनुचित लेनदेनसम्बन्धी उजुरी परेको थियो ।