झापामा विद्यालय भवनको शिलान्यास
काठमाडौं : झापाको शिवसताक्षी नगरपालिका–६ स्थित जनआदर्श माध्यमिक विद्यालय भवनको शिलान्यास भएको छ। आज कोशी प्रदेश सभा सदस्य राधाकृष्ण खनाल, शिवसताक्षी नगरपालिकाका मेयर मेगाहाङ्ग थोप्रा र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव गरिमा नौटियालद्वारा संयुक्त रुपमा शिलान्यास गरिएको हो। भारत सरकारको करिब ३ करोड रुपैयाँको लागतमा विद्यालय भवनको निर्माण हुँदैछ। यो उच्च प्रभाव सामुदायिक विकास परियोजना झापाको शिवसताक्षी नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ।
