SHARE
अन्नपूर्ण · बिहीबार १८ असार २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

राहदानी छपाइमा अनियमितताको कुरा आएको छ, निष्पक्ष छानबिन होस् : कांग्रेस

काठमाडौं : आफूहरुले सदनमा निरन्तर उठाएका बिषयमा सरकार गम्भीर नभएको भन्दै बिपक्षी दलले प्रतिनिधिसभामा विरोध जनाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुने बितिकै बिपक्षी सांसदहरुले आफूहरुले यसअघि उठाएका सीमा लगायतका अन्य बिषयमा सरकारले कुनै चासो नदिएको भन्दै उठेर विरोध जनाएका हुन् ।बिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले कांग्रेस सांसद खडकबहादुर वुढालाई बोल्न समय दिएका थिए ।सांसद बुढाले सरकारले कानुनी राज्य र सुशासनको धज्जी उडाएको आरोप लगाए ।