SHARE
पर्दाफास · बिहीबार १८ असार २०८३ ०९:०९ AM · 1 मिनेट पढाइ

दैलेख दुर्घटना अपडेट : नदीको भिरमा एक यात्रुको शव फेला, अज्ञात यात्रुहरूको खोजी जारी

कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ साङ्गेतडा नजिकै बुधबार दुर्घटनामा परेको फोर्स मिनीबसमा सवार एक यात्रुको शव फेला परेको छ। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र. ०२-००१ ख १०५५ नम्बरको उक्त मिनीबस बुधबार बिहान करिब साढे ११ बजेको समयमा सडकबाट अनियन्त्रित भई करिब चार-पाँच सय मिटर तल कर्णाली नदीमा खसेको थियो।