मुग्लिन-नारायणघाट सडकखण्डमा पहिरो, यातायात अवरुद्ध
काठमाडौं : चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित पानीधारामा सुख्खा पहिरो खसेपछि मुग्लिन–नारायणघाट सडकखण्ड दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरीका अनुसार बिहीबार बिहान ११:४० बजेतिर पहिरो खसेपछि सडकमा सवारीसाधन सञ्चालन रोकिएको हो। सडक अवरुद्ध भएपछि उक्त मार्ग हुँदै यात्रा गर्ने सवारी चालक तथा यात्रुहरूलाई सडक खुल्दासम्म वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।
