सबल अर्थतन्त्रको सपना
घर बलियो भयो भने त्यस घरमा आश्रित परिवार पनि बलियो र सुरक्षित रहन्छन्।त्यसैगरी अर्थतन्त्र बलियो भयो भने मात्रै देश बलियो हुन्छ।देश बलियो भएको अवस्थामा देशका सबै नागरिक स्वनिर्भर, सक्षम हुन्छन्।त्यसैले चाहे घर होस् वा देश।यी दुवैको अर्थव्यवस्था मजबुत, दिगो र सुदृढ होस् भन्ने सबैको चाहना हुन्छ।यसका लागि अर्थतन्त्रका आन्तरिक अवयव दरिला हुनुपर्छ।
