SHARE
पर्दाफास · बिहीबार १८ असार २०८३ ०७:२७ AM · 1 मिनेट पढाइ

जुनमा नेपाल भित्रिए ९१ हजार पर्यटक, गत वर्षको तुलनामा १९.५ प्रतिशतले वृद्धि

सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार जुनमा हवाईमार्गबाट आउने पर्यटकमा गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि देखिएको हो । यो संख्या गत वर्षको सोही महिनाको ७६ हजार ४२५ जनाले नेपाल भ्रमण गरेका थिए ।