SHARE
पर्दाफास · बिहीबार १८ असार २०८३ ०७:५७ AM · 1 मिनेट पढाइ

सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरूलाई प्रहरीले रोक्यो

माइतीघरबाट सिंहदरबार घेराउ गर्न हिँडेका दृष्टिविहीनहरूलाई प्रहरीले बाटोमा नै रोकेको छ । लामो समयदेखि माइतीघरमा धर्ना दिएर बसेका दृष्टिविहीनहरू बिहीबार सिंहदरबार घेराउ गर्ने तयारीमा थिए । तर उनीहरूलाई प्रहरीले बीच बाटोबाट नै फर्काइदिएको हो । दृष्टिविहीनहरूको माग सम्बोधन गर्न दबाब दिन उनीहरूले सिंहदरबार घेराउको रणनीति बनाएका थिए ।