कर्णाली नदीमा यात्रुबाहक माइक्रो खस्यो, उद्वार कार्य जारी
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरा स्थित कर्णाली राजमार्गमा यात्रुबाहक माइक्रो बस दुर्घटनामा परेको छ। सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख १०५५ नम्बरको फोर्स माइक्रो बस सडकबाट करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा डुबेको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त गाडीका चालक सुर्खेतको पञ्चपुरी नगरपालिका–८ निवासी करिब २८ वर्षीय तुलाराम सुवेदी रहेको खुलेको छ।
