SHARE
अन्नपूर्ण · बिहीबार १८ असार २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

केतनको हत्या गर्न ‘डमी’ खोंचमा फ्याँकेर अभ्यास, अब सियाको ‘पोलिग्राफी’ जाँच हुने

भारत : केतन अग्रवाल हत्याकाण्डबारे पुणेको एक अदालतमा सुनुवाइ भइरहेको छ । यस क्रममा प्रहरीले निकै चकित पार्ने कुरा सार्वजनिक गरेको छ। प्रहरीका अनुसार केतनलाई कसले धक्का दिएको हो भन्नेबारे ठोस प्रमाण अहिलेसम्म फेला परेको छैन । त्यसैले प्रहरीले अदालतसँग मुख्य आरोपी सिया गोयलको ‘लाइट डिटेक्टर (पोलिग्राफ) टेस्टको अनुमति मागेको छ ।सिया गोयल र प्रेमी चेतन चौधरीको बयान पहिले नै रेकर्ड भइसकेको प्रहरीले अदालतलाई जानकारी दिएको छ , तर अनुसन्धानलाई अघि बढाउन यो पोलिग्राफ टेस्ट आवश्यक छ ।