SHARE
अन्नपूर्ण · बिहीबार १८ असार २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

देशभर मनसुनी वायुको प्रभाव : आगामी तीन दिन यी प्रदेशमा भारी बर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले रोपाईका लागि तत्काल पर्याप्त पानी पर्ने सम्भावना निकै कम रहेको जनाएको छ । एक–दुई स्थानमा भारी वर्षा भए पनि किसानहरूले सोचे जस्तो तत्काल पर्याप्त मात्रामा पानी पर्ने सम्भावना भने निकै कम रहेको महाशाखाले जनाएको हो।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र सुदूरपश्चिमका पहाडी र तराई भू–भाग नजिक मनसुनको न्यून चापीय रेखा रहेकाले केही सक्रियता बढेको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले जानकारी दिइन् ।