SHARE
पर्दाफास · बिहीबार १८ असार २०८३ ०६:२८ AM · 1 मिनेट पढाइ

व्हाट्सएपमा फोन नम्बर बिना कुराकानी गर्ने ‘युजरनेम’ सुविधा आउँदै

मेटाको स्वामित्वमा रहेको व्हाट्सएपले प्रयोगकर्तालाई फोन नम्बर नदेखाई सम्पर्क गर्न सकिने नयाँ युजरनेम सुविधा ल्याउने तयारी गर्दै यसको अग्रिम रिजर्भेसन प्रक्रिया सुरु गरेको छ । कम्पनीका अनुसार यो सुविधा आगामी महिनाहरूमा चरणबद्ध रूपमा विश्वभरका प्रयोगकर्तासम्म पुग्नेछ । हाल प्रयोगकर्ताले आफूलाई मनपर्ने युजरनेम पहिले नै सुरक्षित गर्न सक्नेछन् ।