फेरि आकासियो सुन-चाँदीको भाउ
काठमाडौं : बिहीबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ। यसदिन सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँले बढेको हो।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ६ हजार २०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको छ। बुधबार प्रतितोला सुन २ लाख ७७ हजार ३०० पुगेको थियो। सो दिन सुनको भाउ ६०० रुपैयाँले घटेको थियो। यसैगरी चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ४५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
