SHARE
अन्नपूर्ण · बिहीबार १८ असार २०८३ १२:०० PM · 1 मिनेट पढाइ

सात वर्षमा थपिए साढे ७ हजार उद्योग प्रतिष्ठान

परासी : नवलपरासीमा सात वर्षको अवधिमा साढे सात हजार बढी उद्योग तथा व्यवसायिक प्रतिष्ठान थपिएका छन् । गत बैशाखदेखि सुरु भएको गणनाको काम सकिएसँगै जिल्ला आर्थिक गणना कार्यालय परासीले अन्तिम विवरण सार्वजनिक गर्दै सात वर्षको अवधिमा ७ हजार ६३० उद्योग प्रतिष्ठान थपिएको जनाएको हो । कार्यालयलये कुल १८ हजार ४५७ व्यवसायिक प्रतिष्ठानहरुको तथ्याङ्क संकलन गर्ने लक्ष्य राखेको थियो ।