पत्रकार खेम भण्डारी पक्राउ
कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। अदालतको फैसला कार्यान्वयनका लागि प्रहरीले उनलाई बिहीबार बिहान करिब ७ बजे भीमदत्त नगरपालिका-१८ बाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) टेकबहादुर रावतले फैसला कार्यान्वयनका लागि भण्डारीलाई पक्राउ गरिएको जानकारी दिएका छन्।
