बयालपाटा अस्पतालमा पहिलो पटक भ्याजाइनल हिस्टेरेक्टोमी शल्यक्रिया
अछाम : बयालपाटा प्रादेशिक अस्पतालमा पहिलो पटक भ्याजाइनल हिस्टेरेक्टोमी तथा पेल्भिक फ्लोर रिपेयर शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ।मंगलसेन नगरपालिका–१४ निवासी ६० वर्षीया एक महिलाको सफलतापूर्वक शल्यक्रिया गरिएको हो। हाल शल्यक्रियापछि महिलाको स्वास्थ अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।बयालपाटा प्रादेशिक अस्पतालका लागि यो अर्को महत्वपूर्ण उपलब्धि हो।
