आयतोल्लाह अली खामेनीको रगतको बदला लिने इरानको घोषणा
तेहरान : इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदले इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको रगतको बदला लिने घोषणा गरेको छ।बीबीसी फारसी सेवाका अनुसार, इरानी सञ्चारमाध्यमहरूले सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहम्मद बाकर जोलकाद्रद्वारा हस्ताक्षरित विज्ञप्ति प्रकाशित गरेका छन्। उक्त विज्ञप्तिमा आयतोल्लाह अली खामेनीका हत्याराहरूसँग उनको रगतको बदला निश्चित रूपमा लिइने उल्लेख गरिएको छ।सचिव मोहम्मद बाकरले यो सन्देश सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत सार्वजनिक गरेका हुन्।
