SHARE
अन्नपूर्ण · बिहीबार १८ असार २०८३ ११:०० AM · 1 मिनेट पढाइ

जेलेन्स्कीको चेतावनी लगतै किभमा रुसको आक्रमण, कम्तीमा आठको मृत्यु

रुस : रुसी मिसाइल र ड्रोन आक्रमणमा युक्रेनको राजधानी किभमा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । यो आक्रमण युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले मस्कोबाट ‘ठूलो आक्रमण’ हुन सक्ने चेतावनी दिएको केही घण्टापछि भएको हो । किभ सैन्य प्रशासनका प्रमुख तिमुर तकाचेन्कोका अनुसार बिहीबार राति र बिहान भएको आक्रमणले सहरभरका करिब तीन दर्जन स्थानलाई निशाना बनाएको थियो । किभका मेयर भित्ताली क्लिच्कोले टेलिग्राममार्फत ३४ जना घाइते भएको जानकारी दिएका छन् ।