थमन विक हत्या प्रकरण : जिल्लाको आदेश उल्ट्याएर सांसद शर्मा र पूर्वसांसद कोइरीलाई ५ वर्ष कैद
जनकपुरधाम : मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरीका घाइते असई थमन विश्वकर्माको हत्यामा संलग्न आरोपमा उच्च अदालत जनकपुरले निलम्बित सांसद अभिराम शर्मा र पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई ५ वर्षको सजाय हुने फैसला गरेको छ।जिल्ला अदालत महोत्तरीले सफाइ दिएका कोइरी, शर्मा र पवन कापरलाई पनि दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको छ। यसरी उच्च अदालतले जिल्ला अदालतको फैसला आंशिक रुपमा सदर र आंशिक रुपमा संशोधन गरेको गर्दै यस्तो फैसला सुनाएको हो।
