१२ वर्ष दुर्व्यसनको जालोमा फसेका भुवन, जो आज बाजुराकै प्रेरणा बन्दैछन्
बाजुरा : कुलतको कहालीलाग्दो दलदलबाट निस्किएर समाज रूपान्तरणको एउटा बलियो खम्बा बन्न सफल बाजुराको बुढीगंगा नगरपालिका–९, सेरालवाडाका ३८ वर्षीय भुवन सेरालाको कथा अहिले सिङ्गो बाजुरा जिल्लाका लागि एउटा प्रेरणा बनेको छ। कुनै समय चौबिसै घण्टा अत्यधिक मदिरा र लागूऔषधको नशामा डुबेर आफ्नै भविष्य अन्धकार बनाइरहेका भुवन आज त्यही समाजलाई कुलतमुक्त बनाउने महाअभियानको मुख्य नायक बनेका छन्।
