SHARE
पर्दाफास · बिहीबार १८ असार २०८३ ०३:३८ AM · 1 मिनेट पढाइ

किसानलाई बजार र मूल्यको ग्यारेन्टी दिए धान उत्पादन बढाउन सकिन्छ : विरेन्द्र बस्नेत

नेपाल कृषि प्रधान देश भए पनि वर्षेनी अर्बौं रुपैयाँको धान–चामल आयात गर्नुपर्ने अवस्थाले खाद्य सुरक्षामाथि गम्भीर प्रश्न उठाउँदै आएको छ । यही चुनौतीलाई अवसरमा बदल्ने उद्देश्यसहित झापास्थित आरजु राइस मिलले न्यूनतम समर्थन मूल्यको अभ्यासमार्फत किसानलाई उत्पादनअघि नै मूल्यको सुनिश्चितता दिने मोडेल लागू गरेको छ ।