१० खेलाडीमा सीमित अमेरिका बोस्निया एन्ड हर्जगोभिनालाई पराजित गर्दै राउन्ड अफ १६ मा प्रवेश
काठमाडौं : फिफा विश्वकप २०२६ को नकआउट चरणमा बोस्निया एन्ड हर्जगोभिनालाई पराजित गर्दै अमेरिका राउन्ड अफ १६ मा प्रवेश गरेको छ। सानफ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा सहआयोजक अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई २-० ले हराएको हो। खेलको ४५ औं मिनेटमा अमेरिकाले गोल गर्यो। अमेरिकाको लागि फोलारिन बालोगुनले गोल गरे। दुई डिफेन्डर र गोलकिपरलाई बिट गर्दै उनले उत्कृष्ट फिनिस गरेका थिए।
