अमेरिका-इरान अप्रत्यक्ष वार्ता सम्पन्न, कुन-कुन एजेन्डामा भयो छलफल ?
दोहा : रणनीतिक रूपमा महत्त्वपूर्ण जलमार्ग 'स्ट्रेट अफ हर्मुज'को सुरक्षा र रोक्का गरिएको इरानी कोष फुकुवा गर्ने विषयमा केन्द्रित रहँदै अमेरिका र इरानबीच कतारको राजधानी दोहामा भएको अप्रत्यक्ष वार्ता बुधबार सम्पन्न भएको छ। दुई हप्ताअघि घोषित अन्तरिम सम्झौताका बुँदाहरूमाथि नै छलफल केन्द्रित भए पनि दीर्घकालीन शान्तिका लागि कुनै ठोस प्रगति भएको संकेत भने देखिएको छैन।कतारी र पाकिस्तानी मध्यस्थकर्ताहरूको अगुवाइमा दुवै पक्षसँग छुट्टाछुट्टै बैठकहरू गरिएका हुन्।
