SHARE
पर्दाफास · बिहीबार १८ असार २०८३ ०२:१८ AM · 1 मिनेट पढाइ

ठमेलमा अश्लील क्रियाकलाप र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा पाँच विदेशी महिला पक्राउ

नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लील क्रियाकलापमा लाग्ने पाँच विदेशी महिलालाई पक्राउ गरेको छ। प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले ठमेल क्षेत्रबाट अश्लील क्रियाकलापमा संलग्न भएको र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा पाँच जना विदेशी महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चार युगान्डा र एक इण्डोनेसियाका रहेका छन्।