SHARE
पर्दाफास · बिहीबार १८ असार २०८३ ०२:४३ AM · 1 मिनेट पढाइ

बाढी पहिरोले देशका यी राजमार्ग अवरुद्ध

अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका कतिपय सडक खण्डहरू पूर्ण रूपमा बन्द छन् भने कतिपय स्थानमा एकतर्फी रूपमा यातायात सुचारु गरिएको छ।