सार्वजनिक सवारी भाडा २ प्रतिशतसम्म घट्दै
काठमाडौं : सार्वजनिक सवारीको भाडा १ देखि २ प्रतिशतसम्म घट्ने भएको छ। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडादर समायोजन गर्न लागिएको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारलाई भाडादर समायोजन गर्न आग्रह गरेको छ।नेपाल आयल निगमले मंगलबार रातिदेखि पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा ३० रुपैयाँ मूल्य घटाएको थियो। यसैसँगै संघमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा १ देखि २ प्रतिशतसम्म घट्ने भएको छ।
