अमेरिका-इरान कतार वार्ता सकारात्मक दिशातर्फ
काठमाण्डु – कतारको राजधानी दोहामा अमेरिका र इरानबीच चलिरहेको अप्रत्यक्ष वार्तामा सकारात्मक प्रगति भएको जनाइएको छ । कतार तथा पाकिस्तानका मध्यस्थकर्तासँग अमेरिका र इरानका प्रतिनिधिमण्डलले छुट्टाछुट्टै रूपमा गरेका छलफलमा उल्लेख्य प्रगति भएको अल जजिराले जनाएको छ । दुवै पक्षले आउँदा चरणका छलफललाई पनि निरन्तरता दिने सहमति गरेका छन् ।
