‘कमाउने’ आसमा जीवन गुमाउँदै
सुरक्षित भविष्यको खोजीमा वैदेशिक रोजगारीमा पुगेका नेपाली युवाहरू कसरी नियतिको क्रूर खेलमा फसिरहेका छन् भन्ने कुराको दृष्टान्त हो— सिन्धुपाल्चोककी विष्णु गुरुङ र मृतक हेमबहादुर लिम्बूको नियति।श्रम स्वीकृति लिएर वैधानिक रूपमै रोमानिया पुगेकी विष्णुले त्यहाँ काम नपाएपछि अवैध बाटो हुँदै ग्रीस छिरिन्।त्यहाँ पुगेर दुवै मिर्गौला फेल भई अस्पतालको शय्यामा पीडादायी अवस्थामा उनी गुज्रिएकी छन्।
