SHARE
अन्नपूर्ण · बिहीबार १८ असार २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

अग्रता जोगाउन नसक्दा सेनेगल बाहिरियो, बेल्जियम राउन्ड अफ १६ मा प्रवेश

काठमाडौं: फिफा विश्वकप २०२६ को नकआउट चरण अन्तर्गत सेनेगललाई पराजित गर्दै बेल्जियम राउन्ड अफ १६ मा प्रवेश गरेको छ।सियाटल स्टेडियममा भएको खेलमा बेल्जियमले सेनेगललाई ३-२ले पराजित गरेको हो।पहिलो हाफमा सेनेगलले १-० को अग्रता बनाएको थियो। दोस्रो हाफको सुरुवातमा नै सेनेगलले अग्रता दोब्बर बनायो। दोस्रो हाफमा सेनेगलले सुरुवाती दुई गोलको अग्रता जोगाउन सकेन। जसको फलस्वरूप सेनेगलले तीन मिनेटको फरकमा लगातार दुई गोल बेहोर्यो। निर्धारित ९० मिनेटमा खेल २-२ बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो।