SHARE
अन्नपूर्ण · बिहीबार १८ असार २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

सबैभन्दा धेरै वर्षा बर्दियामा

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले बिहीबार र शुक्रबार पनि देशका अधिकांश ठाउँमा बादल लाग्ने जनाएको छ। मंगलबारबाट देशैभर सक्रिय मनसुन बुधबार हिमाली र तराईका केही स्थानमा सक्रिय देखिएको छ। विभागका अनुसार २४ घण्टाको अवधिमा सबैभन्दा धेरै बर्दियाको मानपुरमा ९५.२ मिलिमिटर वर्षा भएको छ। मुलुकका अन्य स्थानमा ७० देखि करिब ८० मिलिमिटरसम्म वर्षा भएको छ।विभागका अनुसार बिहीबार  र शुक्रबार बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भेगको एक, दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ।