भारतको सहयोगमा झापामा विद्यालय भवन निर्माण सुरु
भारत सरकारको आर्थिक सहयोगमा झापामा विद्यालय भवन निर्माण सुरु गरिएको छ । शिवसताक्षी नगरपालिका–६ मा रहेको जनआदर्श माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि बुधबार कोशी प्रदेशसभा सदस्य राधाकृष्ण खनाल, शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्रा तथा काठमाडौंस्थित भारतीय दूतावासकी द्वितीय सचिव गरिमा नौटियालले संयुक्त रूपमा शिलान्यास गरे ।
