SHARE
पर्दाफास · बुधबार १७ असार २०८३ ०३:५२ PM · 1 मिनेट पढाइ

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। मोबाइल चोरी गरेको आरोप लगाउँदै बरको रुखको फेदमा बाँधेर चार बालबालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले चार महिलालाई पक्राउ गरेको हो ।