SHARE
अन्नपूर्ण · बुधबार १७ असार २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

नेपालको फास्टेस्ट बलर सिजन-३ मा १३३ किमि प्रतिघण्टा रेकर्ड

काठमाडौं : नेपालभरका तीव्र गतिका बलरहरूको खोजी गर्ने उद्देश्यले वर्ल्डलिंकले आयोजना गरेको ‘नेपाल फास्टेस्ट बलर’ को तेस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ। करिब दुई महिनासम्म देशका २३ वटा सहरमा सञ्चालन गरिएको यस प्रतियोगितामा देशभरबाट करिब २,५०० जना बलरहरूको सहभागिता रहेको थियो।यस वर्षको प्रतियोगितामा अभिषेक कोइरालाले १३३ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्दै प्रतियोगिताको इतिहासमै नयाँ रेकर्ड कायम गरेका छन्।