SHARE
अन्नपूर्ण · बुधबार १७ असार २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

रास्वपाले भन्यो- १,३३,३५३ जनाको नागरिकता भेरिफिकेशन बाँकी छ, कानुनविपरीत भेटिए खारेज गर्छौं

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १ लाख ३३ हजार ३५३ सदस्यता आवेदनको नागरिकता प्रमाणीकरण अझै बाँकी रहेको बताएको छ। १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई सदस्यता बनाएको विवादमा रास्वपाले स्पष्टीकरण दिँदै कानुनविपरीत सदस्यता स्वीकृत भएको भेटिए तत्काल खारेज गरिने बताएको छ।