SHARE
अन्नपूर्ण · बुधबार १७ असार २०८३ ०७:०१ PM · 1 मिनेट पढाइ

धोबिघाटदेखि चोभारसम्म चिनियाँको गोप्य नेटवर्क, नेपाली कम्पनी भाडामा लिएर गर्थे अवैध गतिविधि

काठमाडौं : पर्यटक भिसामा नेपाल आएका चिनियाँ नागरिकहरूले नेपालीको नाममा दर्ता भएका कम्पनी भाडामा लिएर शंकास्पद गतिविधि सञ्चालन गरेको खुलेको छ। अध्यागमन विभागले ललितपुरको धोबिघाट र काठमाडौंको चोभारमा खानतलासी गरेर ९ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। भिसाको दुरुपयोग गरेर अवैध गतिविधि गरिरहेका १८ वटा चिनियाँ राहदानीसमेत नियन्त्रणमा लिइएको विभागले जनाएको छ।अध्यागमन विभागका निर्देशक तथा प्रवक्ता टीकाराम ढकालका अनुसार धोबिघाटबाट ३ जना र चोभारबाट ६ जना गरी ९ जना चिनियाँ नागरिक पक्राउ परेका हुन्।