सिरहामा प्राइम टायल्सको नयाँ क्लासिक शोरुम सञ्चालनमा
सिराहा : नेपालको अग्रणी टायल्स ब्रान्ड प्राइम टायल्सले सिरहाको मिर्चैयास्थित पशुपति ट्रेडर्समा आफ्नो नयाँ क्लासिक शोरुम औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । आधुनिक डिजाइन, उच्च गुणस्तरका उत्पादन तथा उत्कृष्ट ग्राहक सेवाको उद्देश्यसहित सञ्चालनमा ल्याइएको उक्त शोरुमको उदघाटन प्राइम सेरामिक्सका महाप्रबन्धक प्रदीपकुमार झाको प्रमुख आतिथ्यमा भएको हो ।उद्घाटन समारोहमा निर्माण व्यवसायी, ठेकेदार, टायल मिस्त्री, स्थानीय उपभोक्ता तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो ।
